किराती राष्ट्रिय मुक्ति मोर्चाको पत्रकार सम्मेलनमा चार बुदे निर्णय सार्वजनिक,चुनावी तालमेल र पार्टि एकता फरक

ईन्द्र जिजीबिषा / काठमाडौ- माओवादी केन्द्र निकट किराती राष्ट्रिय मुक्ति मोर्चाले चार बुदे निर्णयहरु सार्वजनिक गरेको छ । किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समितिले प्रदेश नं १ को माघ ८ गते सुनसरीको ईटहरीमा र प्रदेश नं ३ को माघ १९ गते बसेको बैठक बाट केन्द्रिय सदस्यहरुको सुझाव सल्लाह अनुसार उक्त चार बुदे निर्णयहरु गरिएको थियो ।

उक्त बैठकमा एक नं प्रदेश इन्चार्ज तथा मोर्चाका संस्थापक नेता गोपाल किराती, पार्टी सचिवालय सदस्य तथा प्रतिनिधि सभासदस्य सुरेशकुमार राई (हिमाल) पार्टी पोलिटब्युरो सदस्य तथा एक नं प्रदेशका प्रदेशसभा सदस्य रामकुमार राई “पासाङ्ग” पोलिटब्युरो सदस्य तथा मोर्चाका पूर्व केन्द्रिय संयोजक दुर्गा राई लगायत नेताहरु बाट मोर्चाले सल्लाह सुझाव लिएका थिए ।

किराती राष्ट्रिय मुक्ति मोर्चाको पत्रकार सम्मेलनमा पार्टिको मुख्य मुद्धा, पहिचान, धर्म निरपेक्षता छोड्न नहुने र वर्गीय, क्षेत्रीय,जातिय र लिंगीय समस्या समाधनको लागि वैज्ञानिक विचारको रुपमा स्थापित मालेमा (मार्क्स,लेलिन.माओवाद) छाड्न नहुने जानकारी गराईएको थियो । यदि यो मुद्धा छाडेर पार्टि एकता भएमा किराती राष्ट्रिय मोर्चाले सोच्न बाध्य हुने पनि जानकारी गराईएको थियो ।

हामी पार्टि एकता विरोधी हैनौ. हामी पनि पार्टि एकता हुनु पर्छ भन्छौं । कम्युनिष्ट विचारधारका वामहरू एकता हुनु पर्छ । तर सिद्धान्त र विचार नमिली एकता गर्दा मजबुद नहुने किराती राष्ट्रिय मोर्चाका अध्यक्ष राजन किराती “वासु” ले बताए । चुनावी तालमेल हुनु र पार्टी एकता हुनु फरक कुरा हो । माओवादी केन्द्रले हिजो स्थानिय चुनावमा नेपाली कांग्रेश संग चुनावी तालमेल गर्यो र प्रदेश सभाको चुनावमा नेकपा एमाले संग चुनावी तालमेल गर्यो । जनताहरु पनि स्थाई सरकार चाहन्छन् । त्यसैले माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धनलाई जनताले भोट दिएर जितायो पनि तर सिद्धान्त नमिली पार्टी एकता
गरिएमा मजबुद नहुने हुनाले पहिला सिद्धान्त मिलाउन आग्रह पनि गरिने बताए ।

कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको उत्तर दिदै मोर्चाका उपाध्यक्ष अशोक राईले किराती भनेको सभ्यता हो भन्दै १ नं प्रदेशलाई किरात प्रदेश नामकरण गर्दा कसैलाई फरक नपर्ने बताए ।

अर्जुन किरातीले संचालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा, एक नं प्रदेशको अस्थाई राजधानी बिराटनगर भएपनि स्थाई राजधानी भने उदयपुरको वेलाका नगरपालिका र सुनसरीको बराह क्षेत्र आसपासमा हुनु पर्ने माग पनि गरेको छ ।

मोर्चाको प्रेस विज्ञप्ति यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *