किराँत संग्राहलय निर्माणका लागी ‘रिब्दुङ सांगीतिक साँझ’ हुने

चिसाङ्ग शेर्पा-कार्तिक ७ खोटाङ्ग
किराँत समुदायको ऐतिहाँसिक थलो मानिएको खोटाङको उतरी गाबिस रिब्दुङ महेश्वरीमा किरात संग्राहलय निर्माण हुने भएको छ ।
किराँती जातिको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक,धार्मिक, सांस्कृतिक सामाग्री , भेषभुषा, गरगहना लगायतका बहुमुल्य सम्पदालाई संकलन गरी किराँत संग्राहलय निर्माण गरिने भएको हो । संग्राहालयको आवस्यकतालाई मध्यनजर गर्दै महेश्वरीमा ‘रिब्दुङ सांगीतिक साँझ २०७३ को तयारी गरिएको छ ।

किराँत संग्रहालय निर्माणका लागि आर्थिक श्रोत जुटाउन आगामी कार्तिक १२ गते महेश्वरीमा हुने सांगीतिक कार्यक्रममा गायक तथा संगीतकार जीतेन राई, गायिका पार्बती राई, निलम रोजु राई, गायक जनम थुलुङ, पदम थुलुङ लगायतका कलाकारलाई खोटाङ्ग निम्त्याइएको आयोजक किराँत राई यायोक्खा प्रारम्भिक कार्य समिति महेश्वरीले जनाएको छ ।

हजारौँ वर्ष पूरानो इतिहास र सभ्यता भएको किराती सँग सम्बन्धित संग्रहालय कम भएका कारण महेश्वरीमा किराँत संग्रहालय निर्माणको योजना बनाइएको यायोक्खाका सदस्य उदिम किराँतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *