किरण केसी, श्वेता खड्का, यमन श्रेष्ठ लगायतका कलाकारले शरीरका सबै अंग दान दिने

१४ , साउन काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी सराहना श्रेष्ठले निर्देशन गरेको डकुमेन्ट्री ‘पुनर्जन्म’को प्रिमियर समारोहमा कलाकारहरु किरण केसी, श्वेता खड्का, यमन श्रेष्ठ लगायतले मरणोपरान्त अंगदानको घोषणा गरेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अंगदान गर्ने घोषणा गरेपछि सेलिब्रिटीहरुलाई कार्ड समेत प्रदान गरेपछि उनीहरुले शरीरका सबै अंग दान दिने बताएका हुन् ।
यस्तो निर्णयले समाजमा सकारात्मक सन्देश दिने कुरा मन्त्री बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *