कालीप्रसाद बाँस्कोटा क्यानडा कन्सर्टमा जाने

१७ साउन , काठमाडौं : आँगन इभेन्टको आयोजनामा आगामी सेप्टेम्बर १६ मा संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा क्यानडाको मिसीसागा सहरमा कन्सर्टमा जाने भएका छन् ।

कालीप्रसादसँगै गायिका मौसमी गुरुङ, लोकगायक मानसिंह खड्का, गायिका पवित्रा कार्की, गायिका सरू देउजाले कार्यक्रममा गायन प्रस्तुत गर्नेछन् भने मोडल सुधीर श्रेष्ठ र मनोज विकले नृत्य प्रस्तुति दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *