कालीगण्डकीले बगाएर एकजना बेपत्ता

१९ साउन , काठमाडौँ : तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा नुहाउँदै गरेको अवस्थामा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।

बेपत्ता भुसालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *