‘कार्साङ’ मा दयाहाङ राईसँग सुरक्षा पन्त अनस्क्रिन रोमान्स गर्ने

१६ साउन , काठमाडौं : शेर्पा समुदायको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘कार्साङ’ मा दयाहाङ राईसँग अभिनेत्री सुरक्षाले अनस्क्रिन रोमान्स गर्ने भएकी छन् ।

दयाहाङसहित बुद्धि तामाङ र डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पा अनुबन्धित भइसकेका छन् ।अरु कलाकार अडिसनमार्फत छनोट गरिने भएको छ भने फिल्मको अर्को एक प्रमुख नायिकाका लागि अन्य दुई अभिनेत्रीसँग छलफल चलिरहेको जनाइएको छ ।

फिल्मको निर्देशक यम शेर्पा छन् भने कथा, पटकथा तथा संवाद पनि उनकै रहेको छ । यम शेर्पाको यस निर्देशकीय डेब्यु फिल्म हो। यसअघि पनि शेर्पाले छोटा फिल्मको निर्देशन गरी सकेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । तिहारलगतै छायांकन गरिने यो फिल्मलाई सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिने भएको छ । फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स पनि बिक्री भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *