कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्दैँ

२४ साउन , काठमाडौं : सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

साउन १० गते यता प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।

संसदमा निरन्तर अवरोध हुँदा जनताको आवाज व्यक्त हुन नपाएको भन्दै सभामुखले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण गर्दै आएका छन् ।

उक्त बैठकमा संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *