कार्म र मेनुका अभिनित फिल्म ‘महानगर’ भदौ ८ मा आउने

साउन १० , काठमाडौं : मोहन राईको निर्देशनमा रहेको र कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘महानगर स् वान नाइट इन काठमाडौं’ भदौ ८ गते रिलिज हुने भएको छ ।
यो फिल्मले सन् २०२१ मा कोलकाता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्म अन्य केही महोत्सवमा पनि छनोट भइसकेको छ भने अमेरिकाको ब्रुकलिन, नेपाल(अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डीसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना, नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ९निफ०मा अफिसियल स्क्रिनिङ भइसकेको छ ।साथै निफमा राष्ट्रिय फिल्मको क्याटगोरीमा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरमाअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो भने इण्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा यो फिल्मले ‘मोस्ट इन्सिपिरेस्नल थिम’ अवार्ड तथा कार्मले अभिनयका लागि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए ।

माउन्टेन रिभर फिल्म्स तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडल–वे फिल्म्सले निर्माण गरेको हो भने फिल्ममा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत छ । फिल्ममा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकारको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *