कानुन उल्लंघन गर्नेलाई सरकारले छुट दिँदैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने बताएका छन्।

सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता,भन्सार छली,चोरी निकासी पैठारीलगायतका विषयमा छलफल कार्यक्रम सम्बोधन गदैं उनले उपभोक्ता अधिकार स्थापीत गर्न सरकार प्रतिवद्ध रहेको भन्दै कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारे ।

उनले गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार भएकाले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *