काठमाडौको बालाजुमा बसको ठक्कर बाट एक महिलाको मृत्यु

फागुन १६ काठमाडौ,बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ। तार्केश्वर नगरपालिका १० बालाजुमा बा ३ ख ६५१ नम्बरको बसले बा ७२ प ६६६१ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक तार्केश्वर नगरपालिका १२ गोलढुङगा बस्ने ३८ बर्षीय राजकुमार फूयाल र उनकी श्रीमती ३५ बर्षीया गंगामाया फूयाल घाइते भई शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो। उपचारको क्रममा गंगामायाको मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *