काठमाडौका फोहर अब बन्चरे डाँडामा

काठमाडौ १० असोज- काठमाडौ महानगरपालिकाले अब नुवाकोटको वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने तयारी गरेको छ। यो भन्दा अगाडि नुवाकोट सिसडोलमा फोहर व्यवस्थापन गरिदै आएकोमा, त्यहाँक स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागिएको बताईएको छ ।

वान्चारे डाँडामा फोहर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर नपर्ने काठमाडौ महानगरले बताएको छ । आजभन्न्दा करिब १३ वर्षअघि दुई वर्षका लागि सिसडोलका स्थानीयवासीसँग कामपाले फोहर फाल्न सहमति गरे पनि सम्झौता समय सकिए यतिका वर्ष सम्म कुनै विकल्प नखोजिएको कारण केही समयअघि सिसडोलका स्थानीय बासिन्दाले कामपाको फोहर लैजाने गाडीका ड्राइभरलाई कुटपिट गरेका थिए । फोहर बोक्ने गाडीका ड्राईभरलाई कुट्पिट गरेपछि, एक महिनादेखि कामपाको फोहर उठ्न सकेको छैन । कामपाबाट मात्र हाल दैनिक ५०० टन फोहर सिसडोल लाने गरिएको छ।

अब भने, कामपाले प्रत्येक घरमा कुहिने र नकुहिने फोहरलाई फरक फरक स्थानमा व्यवस्थापन गर्न अनिवार्यसमेत गर्ने भएको छ। कुहिने फोहरलाई घरधनीले व्यवस्थापन गर्नुपर्ने छ भने नकुहिने फोहरमात्र कामपाले व्यवस्थापन गर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *