काठमाडौं–लुक्ला हवाई मार्गमा इन-रुट वेदर क्यामेरा जडान

२० भदौ काठमाडौँ : मौसमको सूचनालाई प्रभावकारी बनाउन काठमाडौं–लुक्ला हवाई मार्गमा इन-रुट वेदर क्यामेरा जडान गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा मौसम सूचना क्यामेरा जडान गरेको छ । क्यामेराले प्रस्थान र गन्तव्य विमानस्थलको मौसमको बारेमा प्रत्यक्ष जानकारी दिनेछ।

क्यानका अनुसार अन्य गन्तव्यमा पनि इन-रुट वेदर क्यामेरा जडान गरिने छ। यी क्यामेराहरू सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालनमा रहनेछन्। क्यामरा जडान र मर्मत सम्भारको खर्च क्यानले बेहोरेको छ । काठमाडौं–लुक्ला रुट विश्वकै खतरनाक हवाई रुटमध्ये एक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *