काठमाडौं महानगरले गर्यो सहकारी संस्था खारेज

४ साउन, काठमाडौं : महानगरको सहकारी विभागका अनुसार काठमाडौं महानगरपालिको दुई वटा सहकारी संस्था खारेज गरेको छ ।

खारेज हुने सहकारी संस्थामा वडा नम्बर ५ को जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र वडा नम्बर ७ को सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ ।

महानगरले जारी गरेको सूचना अनुसार को साउनको १६ गते ती सहकारी संस्थाहरू खारेज गर्ने निर्णय गरेको हो ।
सूचनामा उल्लेख भए अनुसार काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम खारेजी गरको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *