काठमाडौं महानगरपालिकाले धोबीखोला करिडोरमा ३ घर भत्काइयो

१० भदौ, काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।

काठमाडौं महानगर प्रहरी निरीक्षक किशोर भट्टराईका अनुसार नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको हो ।

आज पहिलो चरणमा नक्सा हेरेर भत्काएका र अन्य घरहरुले पनि सार्वजनिक जग्गा मिचेको सुचना छ, वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउने भट्टराईले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *