काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा पूर्वकप्तान पारस खड्का

३१ साउन, काठमाडौं : मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले खेलाडी जीवनबाट सन्यास लिएको नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन गरेको छ।

दिवाकर घलेको नेतृत्वमा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्लाको उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत निर्वाचित भए । भने सदस्यहरुमा पारससँगै अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *