काठमाडौंमा मोटरसाइकल खाल्डोमा खस्दा १ जनाको मृत्यु

१५ असोज, काठमाडौँ : काठमाडौंको शान्तिनगरस्थित बागमती पुल नजिकै निर्माणाधीन पुलमा मोटरसाइकल चिप्लिएर खाल्डोमा खस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ का १७ वर्षीय सुशील गुरुङ रहेको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलमा सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । बा प्रा ०२-०३९ च ११९७ नम्बरको मोटरसाइकल नयाँ बानेश्वरबाट तिनकुनेतर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

ढुंगेलका अनुसार घाइते मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–४ बस्ने २० वर्षीय सरोज गुरुङको सिभिल अस्पतालमा उपचार भइरहेको छ । गुरुङको दाहिने खुट्टा भाँचिएको छ । ढुङ्गेलले मादक पदार्थ सेवन गरी सवारी चलाएको र अनुसन्धान जारी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *