काठमाडौंमा बर्खायामभरि पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध

२८ साउन, काठमाडौं : अनुगमन समितिको आइतबार बसेको बैठकमा काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीका अनुसार पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने साथै , खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत रहि यसलाई पनि तत्काल रोक लगाउने भनेका छन् ।

त्यस्तैयरी, उपप्रमुख सुनिता डंगोलले भने , ‘बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन अनुगमनलाई कडाइ गरिन्छ ,जसका लागि महानगरले बजार अनुगमनका लागि तत्काल टोली परिचालन यर्छ र अनुगमन गरेर सचेत गराएर सुधारको मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनेछौँ ।’ त्यूस्तै, पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा समेत पानी बेच्न नपाइने अभियानलाई निरन्तरता दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *