काठमाडौंको सिडिओमा जितेन्द्र बस्नेत नियुक्त

काठमाडौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा सहसचिव जितेन्द्र बस्नेतले जिम्मेवारी पाएका छन्।​ मन्त्रिपरिषद् बैठकले काठमाडौंमा रहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा गरेपछि बस्नेतले प्रजिअको जिम्मेवारी पाएका हुन्।

उक्त निर्णयसँगै मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा गरेको थियो। यसअघि बस्नेत गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा एवं प्रवक्ता रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *