काठमाडौंको पेप्सीकोलामा गुडिरहेको मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते

१७ भदौ, काठमाडौं : काठमाडौंको पेप्सीकोला(काँडाघारी सडकखण्डमा आज बिहान करिब ७ः४५ बजेतिर गुडिरहेको बा ३ ख ४८४८ नम्बरको मिनी बसले बा ६ च ५३४२ नम्बरको बोलेरो, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्

काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालका अनुसार घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले बस चालक रामेछापको लिखुतामाकोशी-२ घर भई हाल पेप्सीकोला बस्ने २४ वर्षीय जनक राउतलाई नियन्त्रणमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *