काठमाडौंको कागेश्वरीबाट गैंडाको खागसहित प्रहरीले ४ जना पक्राउ

१७ भदौ, काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ७ हरहर महादेवस्थानबाट गैंडाको खागसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ्ग गाउँपालिका ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका ७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का कर्ना तामाङ रहेका छन् ।

अधिकारीका अनुसार ती दुई जनाले दिएको बयानका आधारमा अरु २ जना पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *