काठमाडौँको ढुंगेधारामा बृहत रक्तदान कार्यक्रमको आयोजना सम्पन्न

श्रावण २३, काठमाडौं। लायन्स क्लब अफ काठमाडौँ ३२५ बि १, अन्न्तर्गतका अठार क्लबहरुको संयुक्त आयोजनामा आज काठमाडौँको ढुंगेधारामा बृहत रक्तदान कार्यक्रमको आयोजना सम्पन्न भयो।

उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ फेमिलिले पनि आफ्नो सक्रिय सहभागिता जनाएको थियो। “रक्तदान जिबनदान” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाईटी मार्फत रक्तदाताहरुको रगत संकलन गरिएको थियो।

जसमा १०७ जना रक्तदाताहरुले रगत दान गरेका थिए। रक्तदान पश्चात सहभागी रक्तादाताहरुलाई सम्बन्धित क्लबले फलफुल, जुस तथा प्रमाणपत्र प्रदान गरेको थियो।

उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ (बुढी गण्डकी, नागार्जुन, मखमली, मिराकल, सद्भावना, उपकार, निर्वाण,मिलन, बालाजु हाईट,फेमिली, बनस्थली, दरबार, मनकामना, प्याराडाइज, नबोदित, ड्रिमल्याण्ड, नागार्जुन युथ, ढुंगेधारा एराहिटि) अन्तर्गतका १८ क्लबहरुले सहभागिता जनाएका थिए।

लायन्स क्लब अफ काठमाडौँका को- चिफ एडभाईजर लायन श्री हरि मरहठ्ठा, डिजी १०१ सर्कल कार्यक्रम प्रमुख लायन श्री शिबराम फुयाल, जोन चियर पर्सन लायन श्री रामराजा थापा, जोन चियर पर्सन लायन श्री राजु ढकाल, डिस्ट्रिक एड्मिन्स्ट्रेसन चिफ लायन श्री उदय नेपालको पनि उपस्थित थियो।

लायन्स क्लब अफ काठमाडौँ फेमिलिको तर्फबाट डिस्ट्रिक चियर पर्सन अन्जन श्रेष्ठ, क्लबका अध्यक्ष लायन श्री शकुन्तला देबकोटा, प्रथम उपाध्यक्ष लायन श्री बिनोद पाण्डे, द्वितीय उपाध्यक्ष लायन श्री हरिमाया श्रेष्ठ, तृतीय उपाध्यक्ष लायन श्री राजेन्द्र लामिछाने, सचिब लायन श्री प्रमोद खनाल, कोषाध्यक्ष लायन श्री अजिब भट्ट, सक्रिय सदस्यहरू लायन श्री ज्ञानि रेग्मी, लायन श्री शिव अर्याल, लायन श्री दिपक पुडासैनी लगायत अन्य सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो। आउने दिनहरुमा पनि यस्तै विभिन्न सामाजिक कार्यहरु गर्दै जाने उपस्थित क्लबहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *