कागबेनी बाढीले एक अर्बभन्दा बढीको क्षति

११ भदौ, काठमाडौँ – मुस्ताङको कागबेनीमा भदौ १३ गते आएको बाढीले रु एक अर्बभन्दा बढीको क्षति भएको वरागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार पारेको तथ्यांकले देखाएको छ ।

बाढीले कयौं निजी घर, सरकारी तथा गैरसरकारी भवन, व्यापारिक घर लगायतका संरचना भत्काएर करिब एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्तिमा क्षति पुगेको समितिले जनाएको छ । प्रकोपले यस क्षेत्रको बाली र फलफूल खेती पनि नष्ट गरेको छ।

बाढीले ५ हजार ५०० वर्ग मिटर जमिनमा गरेको स्याउ खेती नष्ट भएको गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताए ।

बाढीले करिब १ सय ७० स्याउका बिरुवामा क्षति पुगेको उनले बताए ।

बाढीले दर्जनौं स्थानीयलाई पनि विस्थापित गरेको छ । विस्थापित भएपछि केही बाढीपीडित परिवारको घरमा आश्रय लिएका छन् भने कतिपय विद्यालय भवनमा शरण लिएका छन् ।

राहत नहुँदा खानाको ब्यबस्थापन गर्न मुस्किल परेको उनीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *