कांग्रेस सबैको पार्टी हो: शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताएका हुन्। उनले सबै आदिवासी जनजातिहरू सहभागिता,समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिवद्ध हुन जरुरी रहेको बताए।

साथै सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *