कांग्रेस र एमाले मिल्नुपर्ने भए पनि तत्काल सम्भावना आफूले देखिन : हिक्मतकुमार कार्की

१६ साउन , काठमाडौँ : आज विराटनगर विमानस्थलमा पत्रकारसँग नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेसले सभामुखलाई राजीनामा गराएर अमर्यादित खेल खेल्न लागेको र राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्ने भए पनि तत्काल सम्भावना आफूले नदेखेको बताएका छन् ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका पाँच बजे सकिंदैछ । सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *