कांग्रेस परिवर्तन समर्थकहरूले दोस्रो चरणको कार्यक्रम घोषणा

१८ भदौ, काठमाडौँ : नेपाली कांग्रेस रुपान्तरण अभियानका समर्थकहरुले भदौ १० गतेबाट दोस्रो चरणको रुपान्तरण अभियानको घोषणा गरेका छन् ।

नेता जगदीश्वर नरसिंह केसीले शनिबार बस्ने नेताहरुको भेटबाट अभियानलाई निरन्तरता दिइने बताए । केसीका अनुसार दोस्रो चरणको अभियान भदौ १० देखि मंसिर १० गतेसम्म दुई महिनासम्म सञ्चालन गरिने छ ।अभियानअन्तर्गत १६५ निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिने छ ।

केन्द्रीय सदस्य मधु आचार्यले बीपी कोइरालाको जन्मजयन्तीदेखि गणेशमान सिंहको जन्मजयन्तीसम्म रुपान्तरण अभियान सञ्चालन गरिने बताउनुभयो । यस अनुसार बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा भदौ २४ गते काभ्रेपलाञ्चोक–२ बाट कार्यक्रम सुरु हुनेछ ।

पार्टी कार्यकर्ता र जनतासँग पनि अन्तरक्रिया गरिने आचार्यले बताए । रुपान्तरण अभियानका समर्थकहरुले २०२३ जेठदेखि सातै प्रदेशमा भेला गरेका थिए ।अभियानको सुझाव कांग्रेस नेतृत्वलाई बुझाइएको थियो । अभियानको पहिलो चरणअन्तर्गत सातवटै प्रदेशका साथै डायस्पोराका भेला भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *