कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

४ असोज, काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।

आजको बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुने नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक विशेष अभियान, नीति ह्याकाथन र भदौ ५ देखि १५ गतेसम्म सम्पन्न बिपी साहित्य महोत्सवको समीक्षा हुनेछ । आन्तरिक विशेष अभियानअन्तर्गत नेपाली काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि नियुक्त गरेको छ ।

युवालाई नीति निर्माणमा संलग्न गराउने उद्देश्यले कांग्रेसले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ सम्बन्धी नीति ह्याकाथन आयोजना गरेको छ । काङ्ग्रेसले भदौ २६ गते नीति ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो भने कांग्रेसले भदौ १०, ११ र २० गते बिपी साहित्य महोत्सव भव्यताका साथ आयोजना गरेको थियो । साथै आगामी मंसिर १३, १४ र १५ गतेका लागि बोलाइएको महासमिति बैठकका एजेण्डा पनि बैठकले तय गर्नेछ ।

कांग्रेसले आगामी महासमिति बैठकको नीति पनि तय गर्नेछ । महासमिति बैठकको तयारीस्वरुप कांग्रेसले भदौ २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकलाई लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *