कांग्रेससँगको सम्बन्ध टुट्दैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरूको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुन नपर्ने बताएका छन् । कम्युनिष्टहरूबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उनले बताए ।

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लेफ्टहरूको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन ।’ विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताएका हुन् । कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्ति प्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *