कांग्रेसले आज विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न विद्वानहरुको राय लिने

१० असोज, काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलले विद्यालय शिक्षा विधेयकका विषयमा आज शिक्षाविद्हरुसँग छलफल गरिरहेको छ ।

कांग्रेस संसदीय दलको बैठक आज बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा बस्ने भएको छ । छलफलका लागि शिक्षाविद् विद्यानाथ कोइराला, जनार्दन नेपाल, धनञ्जय शर्मा, राजेन्द्र दाहाल, शिक्षा विभागका महानिर्देशक दीपक शर्मा र शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साललाई बोलाइएको छ । मंगलबार पनि नेपाली कांग्रेसले शिक्षा विधेयकमाथि सरोकारवाला निकायसँग छलफल गरेको थियो । भएको छलफलमा कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुको समेत सहभागिता रहेको छ ।

सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा शिक्षक आन्दोलनमा उत्रिएका छन् । सरकार र शिक्षकबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकको आन्दोलन जारी छ । कांग्रेसले केन्द्रीय कमिटीको बैठकबाट विधेयकलाई सर्वव्यापी रुपमा स्वीकृत गराउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *