कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पजि जारी रहने भएको छ । गत मंगलबारदेखि सुरु भएको बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए । बैठक आज सम्पन्न हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *