कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । हिजोदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।

आजदेखि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ जसमा प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।

केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रतिवेदन पेस गर्दै सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *