कवि ताम्लिङ र कुमार दुमिको “आकांक्षा” विमोचित

किशोर पुमा राई-अमेरीका ३१ असार- कवि ताम्लिङ र कुमार दुमिको एल्बम “आकांक्षा” को विमोचन गरिएको छ । बरिस्ठ गायक जगदिश समाल र कवि ताम्लिङको माता पिताको हातबाट एक कार्यक्रमको बिच अमेरिकाको वासिङ्टन सियटलमा जुन २५ तारिकको दिन बिमोचन भएको छ । साथमा बेजोड सांस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कवि ताम्लिङको एकल शब्द तथा कुमार दुमिको एकल संगीत रहेको आकांक्षामा जितेन राई र मेलिना राईको स्वरमा” सुनमाइको उकालो” श्रेयासि चेम्जोङको स्वरमा” देउरालीको डाडा पाखा ” कुमार दुमि र मेलिना राईको स्वरमा” गहमा आँसु” राजेश पायल राइको स्वरमा” मेरो मनको फुलबारीमा” जुना प्रसाईं र प्रश्ना शाक्यको स्वरमा” मत नेपालकी छोरी ” र देवेस राईको स्वरमा” स्पेश निडेस चढेर बोलको गीतहरु समाबेश गरिएको छ ।

सबै किसिमको गीतहरु अटाउने कोसिस गरिएको आकांक्षा सेन्टिमेन्टल फ्लेबरका गीतहरु बढी छन् ।सुनमाइको उकाली गीतको म्युजिक भिडियो पनि आइसकेको छ भिडियोमा पार्वती राई र राजा खिम्दिङको अभिनय रहेको छ भने यो म्युजिक भिडियोको निर्माण कल्पना सुब्बाले गरेकी हुन् ।अन्य गीतहरुको पनि चाडै म्युजिक भिडियो आउने कवि ताम्लिङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *