कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

१४ साउन , काठमाडौं : प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’ कलाकार सारुक ताम्राकारको मोबाइलमा मृत्यु हुनुअघि लेखेको सुसाइड नोट फेला परेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।

उनले लेखेका छन् , इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु , यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’ उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन् । उनले लेखेको विवरणमा कसैलाई आक्षेप लगाइएको छैन, बुबाआमादेखि साथी सर्कलहरुलाई सम्झिइएको छ ।

ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यस , लगत्तै उनको मोबाइललाई जाँचका लागि पठाइएको थियो । प्रहरी टोली पुगेर हेर्दा बाहिरबाट कसैको कोठामा इन्ट्रान्स भएको नदेखिको र उ एक्लै ढोका बन्द गरेर भित्र बसेका थिए त्यस पस्चात उनको शवलाई निकालेर घरमा सर्च गर्दा त्यसक्रममा कुनै नोट वा त्यस्तो अरु कुनै वस्तु फेला पारेको थिएन र परिवारका अन्य सदस्य र प्रहरीको प्रवेश हुँदा उनको मोबाइलफ्लाइट मोडमा राखेर गीत बजिरहेको थियो।

पोष्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरेको थियो । तर, त्यहीबीचमा नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकालेर ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरु बाहिर आएकाले त्यसबारे छानबिन गर्न माग गरेको थियो ।

२०११ की मिस नेपाल मलिना जोशी ताम्राकारकी साथी ले सामाजिक सञ्जाल इन्स्टाग्राममा , के कारण उनले आत्महत्या गरेका हुन् , अन्तिम दिनहरुमा उनीसँग को–को थिए उनीसँग भएको अन्तिम संवादको कुराकानी के थियो र? उनको शवमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई सम्पर्क गरेको थियो ? , पछिल्लो समय ताम्राकारले नजिकका महिला साथीहरुसँग किन सम्पर्क टुटाएका थिए ? , के उनलाई राम्रो व्यवहार गरिएको थिएन ? , के उनलाई दुर्व्यवहार गरिएको थियो ? , के उसलाई चोट पुर्‍याइएको थियो ? , के ऊ डिप्रेसनमा थियो ?’, प्रश्न गरेकी छन् । उनले गरेको यस प्रश्नहरुलाई कला क्षेत्रका धेरै जनाले शेयर गरेपछि प्रहरीले घटनाका विभिन्न पाटोहरुमा अनुसन्धान गरिरहेको थियो । त्यसैबीच सारुकको मोबाइल जाँचमा ‘सुसाइड नोट’ भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *