कलाकार मदन कृष्ण र रेखा थापालाई ‘कल्चरल ट्रान्सफर्मेसन अवार्ड’

२ असोज, काठमाडौँ : चलचित्र विकास बोर्डले ११ चलचित्रकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार २०८०’ प्रदान गर्ने भएको छ ।

बोर्डले मंगलबार संविधान दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी अवार्ड प्रदान गर्ने भएको छ । बोर्डले विज्ञप्ति जारी गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पत्रकार विजय रत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दिपाश्री निरौला, मनोज पण्डित, मीन बहादुर भाम र चलचित्रकर्मीलाई समेत जानकारी गराएको छ ।

श्रमिक कल्याण कोष व्यवस्थापन समितिले सांस्कृतिक रुपान्तरण पुरस्कार पाउने भएको छ । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान गर्ने कार्यक्रम छ । बोर्डले भदौ २९ गते राष्ट्रपति कार्यालयमा ३५ चलचित्रकर्मीलाई विशेष सम्मान गरेको थियो । विशेष सम्मान कार्यक्रमको आलोचना भएकाले यसलाई सन्तुलनमा राख्न बोर्डले यो पुरस्कार प्रदान गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *