कलंकी चोकमा क्रेन पल्टिँदा एक चालक घाइते

माघ १२ काठमाडौ,काठमाडौंको कलंकी चोकमा सडक अण्डर ग्राउण्डको काम गरि रहेको चिनियाँ क्रेन पल्टिँदा एक चालक घाइते भएको छ ।

सडकमा काम गरिरहेका चिनियाँ कामदार र प्राविधिकहरुले ठुलठूला जेनेरेटर जस्ता सामान सार्न प्रयोग गरिएको क्रेन पल्टिदाँ एक जना घाइते भएको हो ।

आज बिहान करिब ९ बजे तिर पल्टिएको क्रेनका कारण सडक किनारामा रहेको स्थानीयको एक टहरा किचेको छ । अन्य कुनै मानविय क्षति भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *