कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने

३० साउन, काठमाडौँ : गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी भइरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ , प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले भने, ‘बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको मार्कसिटलगायतमा कुनै त्रुटि नहोस् भनेर अन्तिम रुजु गर्ने काम भइरहेको छ ।’

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । भने बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *