ओलीले कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेका छन्: माधव नेपाल

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु जस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाए।

उनले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वपूर्ण शक्तिको रूपमा उदाएको दाबीसमेत गरे। उनले एमालेले समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा आफूहरूले गरेको कदमलाई पनि सहन नसकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *