ओलीलाई हेडमास्टरको उपाधिले मात्र पुग्दैन, उहाँ त प्रोफेसर, डाक्टर हो: गोकुल बाँस्कोटा

काठमाडौं। सत्तापक्षका सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई दिएको ‘हेडमास्टर’ संज्ञा नपुगेको एमालेका सांसद गोकुल बाँस्कोटाले बताएका छन्।

बाँस्कोटाले एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी भएको र उहाँबाट शिक्षा लिन सत्तापक्षका सांसदहरूलाई सुझाव दिएका छन् ।प्रतिनिधिसभामा एमालेका अध्यक्ष ओलीबाट शिक्षित हुनु भएकामा सत्तापक्षका सांसदहरूलाई बाँस्कोटाले बधाईसमेत दिएका थिए ।

‘हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौं । नेकपा (एमाले) लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्यायसहितको परिवर्तन, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो ।त्यसैले तपाईंहरूले दिएको उपाधिले पुग्दैन, केपी ओली यो विश्वविद्यालयको भीसी हो, प्रोफेसर, डाक्टर हो‚ इन्जिनियर हो, आर्किटेक्ट हो सबै हो ।’

बाँस्कोटाले एमाले र अध्यक्ष ओलीबाट सामाजिक विकासको मान्यता ग्रहण गरेर सुल्टो बाटो हिँड्न सुझाव पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *