ओलीजीसँग टुँडिखेलमा उभिएर घन्टौं बहस गर्न तयार छु:डा. बाबुराम भट्टराई

माघ ३ काठमाडौ, नयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भट्टराईले एउटा अनलाईन संग कुरा गर्दै लामो अभिव्यक्ति दिएका छन् । उनको अभिब्याक्तिको एउटा सानो अंश यस्तो छ । भारतीय हस्तक्षेपको कुरा, अमूक नाकाबन्दीसँग मात्रै जोडेर हेर्न हुँदैन । यो सुघौली सन्धीदेखिकै निरन्तरता हो, जुन बेलाबखत प्रकट हुन्छ ।

यसको सार भनेको नेपाल आर्थिकरुपमा भारतको अर्धउपनिवेशका रुपमा गाँसिन पुग्यो र आर्थिकरुपले क्रमशः झन बढी आर्थिक परनिर्भर हुनुपुग्यो, त्यसकै परिणाम स्वरुप भएको अभिव्यक्ति हो नाकाबन्दी । सच्चा देशभक्त र राष्ट्रवादीले यसलाई बदल्नेतिर पो लाग्नुपर्छ । त्यसलाई के कदम चालियो भने बदल्न सकिन्छ भनेर सच्चा देशभक्त र राष्ट्रवादीले हेर्नुपर्छ । तर, यसलाई बदल्नेतिर कदम नचाल्ने, आर्थिक परनिर्भरतालाई अन्त्य गर्न सिन्को नभाँच्ने र कुनै कार्यक्रम पनि नल्याउने तर, उही फटाहा गोठालोले बाघ आयो, बाघ आयो भनेर ढाँटेजस्तो गर्ने । हाम्रा प्रत्येक शासकले यस्तै गर्दै आएका छन् । अहिले ओलीजीले पनि यही गर्नुभएको छ । यो नेपालको हितमा छैन ।

संविधान संशोधन त हाम्रो आन्तरिक मामिला हो । हामीले आन्तरिक समस्या हल गर्न नसकेको हो कि संघीयता र संविधान संशोधन नै भारतले उठाएको हो ? यसमा हामी प्रष्ट हुनुपर्‍यो ।

राज्य पुनर्संरचना र संघीयता त माओवादी जनयुद्ध, मधेस आन्दोलनले उठाएको हो । यसलाई संविधानमा ठीक ढंगले सम्बोधन गर्न नसक्दा मधेसमा आन्दोलन भयो र त्यसको लाभ लिएर भारतले नाकाबन्दी लगाउन पुग्यो । त्यसैले यसको समाधान भनेको आदिवासी जनजाति, मधेसी थारुको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्ने, राष्ट्रियता कायम गर्ने र भारतले गर्न चाहेको हस्तक्षेप रोक्ने । यो पो हो त सुल्टो तरिका ।

म त सुगौली सन्धीदेखिकै परनिर्भरता अन्त्य गर्नुपर्छ भनेर लड्दै आएको मान्छे हुँ । ओलीजीसँग यसको के समाधान छ ? म त प्रष्टै भनिरहेको छु, भारत र चीनको गतिशील पुलका रुपमा नेपाललाई पुनर्परिभाषित गरौं ।अर्थतन्त्रलाई यस्तो अन्तरसम्वन्धित ढंगले विकास गरौं कि भारत र चीन दुबैको लगानी आओस्, र दुबैको बजारको लाभ हामीले लिन सकौं । नेपालको आर्थिक सम्वृद्धि पनि होस् र स्वानीधताको व्यवहारतः रक्षा पनि होस् । यो पो सुल्टो बाटो हो । यसमा के खोट छ ? आउनुस् टुँडिखेलमा उभिएर घन्टौं बहस गर्न तयार छु, भनेर अनलाइन खबरले प्रकाशित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *