एसिया कप २०२३ : नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दै

१८ भदौ, काठमाडौँ : एसिया कप क्रिकेट प्रतियोगिता २०२३ को खेलमा नेपालले भारतसँग पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । एशिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको नेपालको यो दोस्रो खेल हो ।

समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगेको छ भने नेपाल र भारतबीचको खेलमा विजयी टोली पनि ‘सुपर फोर’ चरणमा पुग्ने छ । त्यसैले यो खेल नेपाल र भारत दुवैका लागि उत्तिकै महत्वपूर्ण छ । नेपालले एसिया कप खेलेको यो पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *