एसिया कप हेर्न रास्पा अध्यक्ष रवि लामिछाने श्रीलंका प्रस्थान

१७ भदौ, काठमाडौं : एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारतबीचको खेल हेर्न राष्ट्रिय स्वतन्त्रता पार्टीका अध्यक्ष रवि लामिछाने श्रीलंका प्रस्थान गरेका छन् ।

नेपाल र भारतबीचको खेल सोमबार क्यान्डीस्थित पल्लेकेले रंगशालामा हुँदैछ । खेल स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हुँदैछ । लामिछानेले आगामी खेलका लागि नेपाली टोलीलाई सहयोग देखाउन श्रीलंकाको भ्रमण गरेको उनका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।

लामिछानेकी धर्मपत्नी निकिता पौडेल लामिछाने र राप्रपाका केन्द्रीय सदस्य दीपक बोहरा पनि भ्रमणमा छन् । एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग निराशाजनक हार बेहोरेको छ । उता, भारत आफ्नो पहिलो खेलमा पाकिस्तानसँग अंक बाँड्न बाध्य भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *