एसियाली खेलकुद २०२३ : नेपाल पुरुष भलिबल टोली इरानसँग पराजित भएपछि बाहिरियो

३ असोज, काठमाडौँ : नेपाल पुरुष भलिबल टोली इरानसँग सोझो सेटमा पराजित भएपछि एसियाली खेलकुद २०२३ बाट बाहिरिएको छ ।

बुधबार हाङ्जाओमा भएको खेलमा इरानले नेपाललाई २५–९, २५–१४ र २५–१३ ले हराएको हो । मंगलबार भएको खेलमा नेपाल बहराइनसँग पराजित भएको हो । दुवै खेलमा हार बेहोरेपछि नेपाल एसियाली खेलकुदबाट बाहिरिएको छ । तर, टोलीले अन्तिम स्थान निर्धारण गर्न प्लेअफ खेल खेल्नेछ। एसियाली खेलकुदको उद्घाटन समारोह शनिबार हुँदैछ ।

एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्न नेपालले २५३ खेलाडी पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *