एसियाली खेलकुद महिला क्रिकेटः बंगलादेशलाई हराउँदै भारत फाइनलमा

७ असाेज, काठमाडौं : चीनमा जारी १९ औं एसियाली खेलकुदको महिला क्रिकेटको फाइनलमा भारतीय टोली पुगेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बंगलादेशले १७.५ ओभरमा अलआउट हुनुअघि ५१ रन मात्र जोडेको थियो । जवाफमा भारतले ८.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

भारतका लागि जेमिमाह रोड्रिग्जले अविजित २० रनको योगदान दिएकी थिइन् । शफाली वर्माले पनि १७ रन बनाइन् । कप्तान स्मृति मन्धानाले ७ र कनिका आहुजाले अविजित १ रन बनाएकी थिइन् ।

बंगलादेशका तर्फबाट कप्तान निगार सुल्तानाले मात्र १२ रन जोडेर दोहोरो अंक जोड्न सफल भइन् । बंगलादेशले थप आठ रन जोडेको छ । बंगलादेशका लागि भारतीय बलर पूजा वस्त्रकारले चार विकेट लिएकी थिइन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि आइतबार श्रीलंका र पाकिस्तानबीच हुनेछ । विजेता टोलीले उपाधिका लागि फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *