(एसएसपी) यादव घटनाको छानविनका लागि उच्च स्तरीय न्यायिक आयोग गठन

काठमाडाैँ । सरकारी क्वार्टरमै आत्महत्या गरेको भनिएका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारले घटनाको छानविनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।

एसएसपी यादवकी श्रीमती रुपम कुमारी यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेकी हुन् ।

एसएसपी यादवले पुस ११ गते संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत थिए । उनी सरकारी क्वार्टरमा आत्महत्या गरेको भनिएको छ ।

यद्यपी प्रहरीले त्यसको छानविन गरिरहेको छ । एसएसपी यादवको मृत्युलाई पारिवारिक कारण हुनसक्ने भनिएको कुरा प्रति पनि उनकी श्रीमतीले आपत्ति जनाएकी छन् ।

यादवको मृत्युमा पारिवारिक कारण हुन सक्ने संकेत गरेकोमा के को आधार त्यसो भनिएको हो भन्दै उनले त्यसको जवाफ पनि माग गरेकी छन् । उनले पारिवारिक वातावरण सामान्य र सौहार्दपूर्ण रहेको जानकारी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *