एम लामाको तहल्कै तहल्का (भिडियो सहित)

मंसिर २० काठमाडौ, नेपाली गीत-संगीतका लागि सम्भावना अनि एउटा सपना बोकेर संगीतमै केहि गर्छु भनेर, थोरै भए पनि आफ्नो कामलाई पछि पार्दै गीत-संगीत अनि गायकीमा अग्रसर भएका उदयमान नव गायक हुन् एम लामा । गायक एम लामा अत्यन्तै राम्रो प्रतिभा भएका व्यक्ति हुन् उनको गायकी एक दम राम्रो देखिन्छ । लामो समय देखि शिक्षण पेशामा आबद्द उनि एक कुशल शिक्षक पनि हुन् ।

उही नव गायक लामाले आफ्नो नयाँ एल्बम तहल्का बजारमा ल्याएर आएका छन् । यहि एल्बममा समाबेश रहेको उनको गीत “तहल्का तहल्कै तहल्का संसारमै तहल्का” मा शितल कादम्बिनीको शब्द , सुरेश अधिकारीको संगीत अनि किरण कंडेलको एरेन्ज रहेको छ । “तहल्का तहल्कै तहल्का संसारमै तहल्का” बोलको गीतलाई मिठो स्वर भरेर न्याय दिएको देखिन्छ नव गायक एमले।

यसै गरि यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् । उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन संगै सुरेन बस्यालको कोरियोग्राफी रहेको छ । भिडियोमा चर्चित मोडेल पुष्प खड्का अनि नायिका सिल्पा पोख्रेलको अभिनय लाई देख्न सकिने छ ।
भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *