एमाले सुदूरपश्चिम प्रदेश कांग्रेसमा भीम रावललाई आमन्त्रण

२१ असोज, काठमाडौँ : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पहिलो महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।

कांग्रेसको उद्घाटन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली, महामन्त्री शंकर पोखरेललगायतका नेताहरु धनगढी पुगिसकेका छन् । तर, नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावल आफ्नै गृह प्रदेश कांग्रेसबाट अनुपस्थित छन् । रातोपाटीसँग कुरा गर्दै रावलले आफूलाई काङ्ग्रेसमा आमन्त्रण नभएकाले आफू सहभागी नभएको बताए ।

गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रावल एमाले राजनीतिमा सक्रिय छैनन् । भदौ मसान्तमा अध्यक्ष ओली र रावलबीच वार्ता भए पनि एमालेले उनलाई पार्टीको कुनै जिम्मेवारी दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *