एमाले सांसदहरुले बैठक अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित

२२ साउन , काठमाडौं : सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमाले सांसदहरुले बैठक सुरु भए लगत्तै उठेर अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठक स्थगित पछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल थापालाई बोल्न समय दिए र उनले आफूहरुले चाहेर नभइ बाध्यताले संसद अवरोध गर्नु परेको बताउदै सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङ शेर्पाको नागरिकता बारे पनि प्रश्न उठेको बताइन् । त्यस्तैगरी तस्करीमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको पनि संलग्नता रहेको प्रमाणसहितको प्रतिवेदन सीआईबीले तयार पारेको तर सरकारले उनीहरुलाई जोगाइरहेको बताइन् ।
त्यसपछि एमाले सांसदहरुले उठेर विरोध गरेपछि अध्यक्षले बैठक साउन २४ गते बुधबार दिनको १:0१ बजेसम्मका लागि स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *