एमाले वाग्मती प्रदेश निर्वाचनको कार्यतालिका सार्वजनिक

१० असोज, काठमाडौँ : नेकपा एमालेको वाग्मती प्रदेश अन्तर्गतको निर्वाचन कार्यक्रम सुरु भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार मतदाताको नामावली सार्वजनिक भइसकेको छ । त्यसैगरी अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारको आवेदन फारम वितरण गरिने छ । उम्मेदवारी दर्तापछि आज साँझ ६ बजे अन्तिम नामावली प्रकाशन हुनेछ र भोलि बिहीबार बिहान ८ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । मनोनयनका लागि पदाधिकारीका लागि ५ सय र सदस्यका लागि ३ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *