एमाले लुम्बिनी कांग्रेसको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

२० भदौ काठमाडौँ : नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् ।

निर्वाचन परिणाम अनुसार कँडेलले हरि रिजाललाई २ मतले पराजित गर्दै विजयी भएका हुन् । बुटवलस्थित अन्तर्राष्ट्रिय सभा हलमा मतगणना सम्पन्न भएको छ । कँडेलले ४७९ र रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् ।

पुरुष उपसचिवमा पूर्ण बुढामगरले ४१८ मत प्राप्त गरी विजयी भएकी छन् भने महिला उपसचिवमा लिला राना मगरले ३ सय ५२ मत प्राप्त गरी विजयी भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *