एमाले र माओवादी केन्द्र एकता भईहालेमा माओवादी पुनर्गठन गर्ने मनसायमा गोपाल किराती (अन्तर्वार्ता )

ईन्द्र जिजीबिषा / काठमाडौ – सरल तथा वैचारिक नेताका रुपमा चिनिएका नेता हुन् गोपाल किराती । सोलुखुम्बुको सोताङ्ग-कुलुङ क्षेत्रमा पर्ने पावै गाविसको हुलु गाउँमा जन्मेका नेता किराती आफ्नो १८ बर्षको उमेरमा निर्मल लामा निकट चौमो (चौथो महाधिवेशन) बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । राजनीतिज्ञ हरिनारायण राईबाट प्रभावित भएर राजनीतिमा लागेका किराती विक्रम संवत २०६५ सालमा संस्कृति तथा राज्य पुनरसंरचना मन्त्री समेत बनिसकेका छन् ।

भूपू मन्त्री समेत रहेका किराती माओवादी केन्द्रका केन्द्रिय नेता हुन् । आफू सो-सरहका नेताहरु हाई फाई बनेर ऐस आराम साथ् जीवन निर्वाह गरिरहदा किराती भने आजपनि सडकमै छन् । सार्वजनिक यातायात चढेर यात्रा गर्ने किराती आफूले चाहेको भए आफूपनि बंगलोमा बसेर गाडि चढेर हिड्न सक्ने बताउछन् । तर आफू एक्लैले ऐस आरामको जिन्दगी बिताउदा मेरो समाज र मेरो वर्गले त्यसरी ऐस आराम र भोग विलास गर्न नपाउने बताउदै आफू एक्लै अगाडि बढ्नुको कुनै औचित्य नरहेको जिकिर गर्छन् ।

आफ्नो जीवनको राजनीतिक यात्राको क्रममा संसदीय व्यवस्था अन्तरगत भएको चुनावमा एक पटक जित र एक पटक हार व्यहोरेका छन् किरातीले । पहिलो पटक सोलुखुम्बुबाट चुनाव जितेर मन्त्री बनेका किराती दोस्रो पटक झापाबाट एमाले अध्यक्ष खड्गप्रसाद ओली संग चुनावमा पराजित बनेका थिए । पहिलो पटकको चुनावमा सोलुखुम्बुबाट चुनाव नलडि भएन र चुनाव लडियो । जितेर मन्त्री पनि भएको बताउदै आफ्नो भागमा शक्तिशाली मन्त्रालय नपर्दा आफूले भनेजति काम गर्न नसकेको स्वीकार्छन् ।

किरातीले नै पशुपतीनाथ मन्दिरमा नेपाली भट्ट राख्ने पहल समेत गरेका थिए । किरातीले नै नेपालको पुनर्संरचना गर्दा ८ सय जिल्लाको अवधाराणा अगाडि सार्दा हाँसोका पात्र बनेका किराती, अहिले स्थानिय तह करिब-करिब त्यतिकै हिसाबमा बनेको छ ।

दोस्रो पटक किन झापाबाट चुनाव लड्नु भयो त भन्ने सवालमा उनि भन्छन्, झापाबाट एमाले अध्यक्ष खड्गप्रसाद ओली चुनाव लड्दै हुनुहुन्थ्यो । खड्ग प्रसाद ओली संग स्थानिय नेताहरु चुनाव लड्ने स्थिति नभएकोले पार्टिले मलाई त्यहाँ खटाएकोले म त्यहाँबाट उठेको हुँ । फेरि म प्रदेश नं एकको इन्चार्ज पनि थिएँ । यसकारण म जहाँबाट पनि चुनाव लड्नु पर्ने हुन्थ्यो ।

चौमो बाट राजनीति यात्रा सुरु गरेका किराती, खम्बुवान राष्ट्रिय मोर्चाका संस्थापक पनि हुन् । वर्तमान नेपालको ए-माओवादी पार्टिले भन्दा पहिला नेपालमा शसत्र क्रान्ति गर्ने पार्टि खम्बुवान राष्ट्रिय मोर्चा हो । पछि किरात वर्कस पार्टी हुदै वर्ग र समुदायको निम्ति लडिरहेकोबेला आर्थिक लगायत विभिन्न समस्याले गर्दा माओवादी पार्टिमा गएको किराती बताउछन् ।

नेपालको वर्तमानस्थितिमा माओवादी केन्द्र र नेकपा एमाले पार्टि एकताको पहलमा लागिरहेको बेला किराती भने असन्तुष्ट छन् । पहिचान र संघियताको विरोधी नेकपा एमाले संग कुनै पनि हालतमा एकता गरेर अगाडि बढ्न नसकिने किराती जिकिर गर्छन् ।

संविधान जारिगर्नु, संघियता र धर्म निरपेक्षता लागू हुदा प्रचण्ड पथको विजय भएको ठहर गर्दै “प्रचण्ड पथको विजय” पुस्तक लेखेका किरातीले “माओवादी केन्द्रको दुई लाईन संघर्ष” हुदै पछिल्लो समयमा “प्रचण्ड पथको अवसान” नामक पुस्तक लेख्दैछन् ।

यस्तै विविध विषयमा गोपाल किराती संग ईन्द्र जिजीबिषाले गरेको भिडियो कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *