एमाले माओवादीले ३२ जिल्लामा उम्मेदवारको नाम टुंगो लगायो

काठमाडौ ३ कातिक-चुनावी तालमेल पछि पार्टि एकता गर्ने सहमति गरेका दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरिसकेका छन् ।

पार्टी एकता संयोजन समितिले ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँडको टुंगो लगाएको हो । टुंगो लागेका जिल्लामा आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने बताईएको छ ।

दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो । पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका सिटहरू यसरी बाँडफाँट गरिएको छ ।

Bam talmel
फोटो अनलाईन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *